छाब्दी जाने बाटाेमा स्कुटर र माेटरसाइकल ठाेक्किदा एक घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    छाब्दी जाने बाटाेमा स्कुटर र माेटरसाइकल ठाेक्किदा एक घाइते

    खबरपुञ्ज संवाददाता

    १५ मंसिर २०८२, सोमबार

    दमाैली, १५ मङ्सिर । व्यास नगरपालिका-१ भादगाउँस्थित छाब्दी जाने बाटाेमा माेटरसाइकल र स्कुटर ठाेक्किदा एक जना घाइते भएका छन् । दमौलीबाट छाब्दीतर्फ जाँदै गरेको ग ११ प ४८०० नम्बरकाे स्कुटर र विपरित दिशाबाट आउँदै गरेको ग १५ प ६६५० नम्बरकाे मोटरसाइकल ठाेक्किदा माेटरसाइकल चालक घाइते भएका हुन् ।

    घाइते हुनेमा व्यास नगरपालिका-१० बैरेनी बस्ने ५८ वर्षीय ईन्द्र बहादुर सुनार रहेकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ । घाइतेलाई थप उपचारका लागि पाेखरा पठाइएकाे छ ।