


काठमाडौ,१५ मङ्सिर । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई पितृशोक परेको छ । उनको बुबा रामनारायण साहकाे निधन भएको छ ।
सिभिल अस्पतालमा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक प्राडा मोहनचन्द्र रेग्मीले पुष्टि गरे ।
मेयर बालेनको सचिवालयका अनुसार उनको मुटुमा समस्या देखिएपछि उनी हिजो बिहान बेहोस भएका थिए । लगत्तै उनलाई सिभिल अस्पताल लगिएको थियो ।