


दमौली, १५ मंसिर । आँबुखैरेनी गाउँपालिका-३ मा बारा सिमराबाट मनकामना तर्फ जाँदै गरेको बा.प्र. ०१-०२८ च.०७७५ नम्बरको स्कोरपियोको ठक्करबाट सोमबार पैदलयात्री घाइते भएकी छन् ।
घाइते हुनेमा नवलपुरको गैंडाकोट नगरपालिका-४ बस्ने २५ वर्षीया उषा श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। बाटो क्रस गर्ने क्रममा स्कोरपियोले ठक्कर दिँदा घाइते श्रेष्ठलाई ऑबुखैरेनी अस्पतालमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि चितवन पठाइएको छ । घाइतेको दाँया खुट्टाको पैतालोमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ ।
