


दमौली, १५ मंसिर । ३८ औ विश्व एड्स दिवसको अवसरमा तनहुँको व्यास नगरपालिका–३ प्रशासनचोकमा सोमबार साँझ दीप प्रज्ज्वलन गरिएको छ । तनहुँ सहयोगी समूहको आयोजनामा एचआइभी सङ्क्रमणबाट निधन भएकाको सम्झनामा दीप प्रज्ज्वलन गरिएको हो ।
दीप प्रज्ज्वलनमा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, निमित्त प्रमुख जिल्ला अधिकारी दीपक रेग्मी लगायत सहभागी थिए ।
