मतपत्र लुट्नेलाई कारवाही गर्न श्रेष्ठको माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मतपत्र लुट्नेलाई कारवाही गर्न श्रेष्ठको माग

    खबरपुञ्ज संवाददाता

    १६ मंसिर २०८२, मंगलवार

    दमाैली, १६ मङ्सिर । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधिको लागि तनहुँ क्षेत्र नम्बर १ का
    उम्मेदबार घनश्याम श्रेष्ठले आम कार्यकर्ताको अभिमतको रुपमा रहेको मतपत्र लुट्ने र उनीहरुलाई मतपत्र बुझाउनेलाई पनि कारवाही गर्न माग गरेका छन् । दमाैलीबाट प्रकाशित लाेकवाणी दैनिकमा प्रकाशित समाचार अनुसार श्रेष्ठले मत गणना हुँदा हुँदै कुनै नेताहरुको निर्देशनमा एक्कासी मतगणना रोक्नु र त्यसको केही समयपछि उम्मेदरबारहरुकै संलग्नतामा मतपत्र लुटिने कार्य योजनाबद्ध षड्यन्त्र भएको बताए ।

    महाधिवेशन प्रतिनिधि छनौटको लागि गत मंसिर १३ गते शनिबार भएको निर्वाचनमा बन्दीपुर गाउँपालिकामा २४२ मत खसेको र उक्त मतमध्ये पहिलो लटको १ सय मत गन्दा घनश्याम श्रेष्ठलाई ९८ मत प्राप्त भएको थियो भने अन्य उम्मेदबारलाई निकै कम मत आएको थियो । बन्दीपुरमा अस्वभाविक मत खसेको र त्यसमाथी बन्दीपुर कै उम्मेदबार घनश्याम श्रेष्ठ र फुलमती थापालाई करिब शतप्रतिशत मत प्राप्त भएपछि गणनामा बसेका भानु नगर कमिटिका अध्यक्ष शकर रानाभाटले आपत्ती जनाएका थिए । त्यसपछि कम मत आउने उम्मेदबारहरुले पनि
    रानभाटको समर्थन गर्दै बन्दीपुरको मतगणना तत्काल स्थगित गर्न माग गरेका थिए। त्यसक्रममा केहीबेर होहल्ला समेत भएको थियो । नेताहरुसँगको परामर्शमा मुख्य निर्वाचन अधिकृत शिवदत्त ढकालले बन्दीपुरको मतगणना स्थगित गर्ने निर्णय गरेका थिए ।

    आफ्नो पक्षमा बन्दीपुरमा मत आएपछि अन्य उम्मेदबारहरुको विरोधलाई आपत्तीजनक भन्दै श्रेष्ठले बन्दीपुरमा आफुलाई मत आउनु स्वभाविक भएको बताए । बन्दीपुरको पार्टीको काम र व्यवसायीक क्षेत्रमा आफुले ठुलो योगदान दिएको भन्दै श्रेष्ठले आफैंले बनाएको पार्टी सदस्यले आफुलाई भोट हाल्नु कुनै ठुलो कुरा नभएको बताए । श्रेष्ठले कार्यकर्ताको अभिमत स्विकार गर्न नसक्नु र मतपत्र लुटने काम आपत्तीजनक भएको भन्दै उक्त घटनाको छानविन गरि दोषीलाई कारवाही गर्नुपर्ने बताए । ‘मतपत्र लुट्ने काम जति आपत्तीजनक छ, त्यो भन्दा बढि मतदगणना स्थगित भईसकेपछि केही नेताहरु पार्टी कार्यालयको कोठामा बस्नु आपत्तीजनक छ’ श्रेष्ठले भने ‘मतपत्र लुट्ने र बुझाउनेहरुले सल्लाहा गरेर यो घटना गराएका हुन्, यसको छानविन हुनुपर्छ ।’ मतपत्र लुटिएको भए प्रहरीमा किनखबर भएन भन्दै श्रेष्ठले जिल्ला नेतृत्वकै योजनामा मतपत्र लुकाउने काम भएको
    आरोप लगाए । श्रेष्ठले हालसम्म गणना भएको मतको आधारमा आफुलाई बिजयी घोषणा गर्न माग समेत गरेका छन् ।

    भानु नगरपालिकाको मत गणना भइसकेपछि गणना भएको मत र गन्न बाँकी मतलाई सुरक्षित साथ राखेर गणक प्रतिनिधि र नेता तथा कार्यकर्ताहरु घर गईसकेपछि महाधिवेशन प्रतिनिधिका उम्मेदबार पुर्णबहादुर गुरुङ आफ्ना केही सहयोगीसहित पार्टी कार्यालय भित्र छिरेर अध्यक्ष कडेंल र निर्वाचन अधिकृत पाण्डेलाईकुटपिट र दुव्र्यहवार गरि बन्दीपुर गाउँपालिकाको मत पेटिका कब्जा गरेर लगेको आरोप लागेको छ । जिल्ला अध्यक्ष हरिराज कडेंल र निर्वाचन अधिकृत
    पाण्डे व्यास नगरपालिकाको मतपेटिकामा फर्जि मत खसाल्न लागेको सुनेपछिआफुहरु पार्टी कार्यालय आएको व्यास नगर कमिटिका उपाध्यक्ष चिजबहादुर गुरुङले बताए ।

    यसैबीच बन्दीपुर गाउँ कमिटिले प्रतिनिधि छनौटको लागि बन्दीपुरगाउँपालिकामा पुनः मतदान गर्ने प्रस्ताव अस्विकार गर्ने निर्णय गरेको छ । आइतबार बसेको गाउँ कमिटिको आकस्मिक बैठकले बन्दीपुरका कार्यकर्तालेदिएको मत अस्विकार गर्ने र मतपत्र लुटेर लैजाने कार्य घोर आपत्तीजनक भएको निश्कर्ष निकाल्दै उक्त कार्यमा संलग्नहरुलाई कारवाही गर्न जिल्ला पार्टी कमिटि
    समक्ष माग गरेको छ ।

    ‘खुल्ला र महिला तर्फको उम्मेदबारमा बन्दीपुर घर भएकै एक÷एक जना नेताहरु भएपछि उहाँहरुलाई सबैले मत दिनु स्वभाविक हो’ नेकपा एमाले बन्दीपुर गाउँ कमिटिका अध्यक्ष रवि श्रेष्ठले भने ‘मतदानको बेलामा सबै मतदाताहरुलाई खोजी खोजी सवारी साधनमा ल्याएर मतदान गर्ने वातावरण पनि बनायौं, यसले गर्दा धेरै मत खसेको हो ।’ बन्दीपुर गाउँ कमिटिको सक्रियतालाई नेताहरुले धन्यवाद दिनुपर्नेमा धेरै मत खसेकोमा शंकाको दृष्टिले हेरिनु आपत्तीजनक भएको श्रेष्ठले बताए । उनले अव फेरी बन्दीपुरमा मतदान गर्ने प्रस्तावलाई बन्दीपुर गाउँ कमिटिले स्विकार नगर्ने बताए ।

    यसैगरि बन्दीपुर गाउँ कमिटिका उपाध्यक्ष अमिर गुरुङले पनि पुनः मतदान स्विकार नगर्ने बताए । उनले मतपत्र लुट्ने कार्यमा संलग्नहरुलाई कारवाही गर्नुपर्ने गाउँ कमिटिको विस्तारित बैठकले निर्णय गरेको बताए । उनले बन्दीपुरको मतपत्र कसले लग्यो र कहाँ छ भन्ने बारेमा पार्टीले जवाफ दिनुपर्ने बताए ।