एनपिएल हेर्न तनहुँबाट २८ जनालाई काठमाडौ जाने व्यवस्था
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    एनपिएल हेर्न तनहुँबाट २८ जनालाई काठमाडौ जाने व्यवस्था

    खबरपुञ्ज संवाददाता

    १६ मंसिर २०८२, मंगलवार

    दमौली, १६ मंसिर । नेपाल प्रिमियर लिग अन्तर्गत मंगलबार हुने पोखरा एभेन्जर्सको खेल हेर्नका लागि तनहुँबाट २८ युवा काठमाडौ गएका छन्।

    काठमाडौमा जारी पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच हुने खेल अवलोकनका लागि २८ जनाको टोली काठमाडौ गएका हुन्। तनहुँ क्रिकेट संघले उनीहरुलाई काठमाडौ लैजाने र ल्याउने व्यवस्था मिलाएको संघका अध्यक्ष मदन तिमिल्सिनाले जानकारी दिए ।