साविक नेकपा माओवादी केन्द्रका युवा नेता मनराजले दिए राजिनामा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    साविक नेकपा माओवादी केन्द्रका युवा नेता मनराजले दिए राजिनामा

    खबरपुञ्ज संवाददाता

    १६ मंसिर २०८२, मंगलवार

    दमौली, १६ मंसिर । साविक नेकपा माओवादी केन्द्रका युवा नेता मनराज गुरुङले पार्टीबाट राजिनामा दिएका छन् ।

    साविक नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङलाई सम्बोधन गर्दा गुरुङले राजिनामा घोषणा गरेका हुन् ।

    राजिनामा पत्रमा भनिएको छ, ‘साविक नेकपा (माओवादी केन्द्र) को साधारण सदस्य समेत नरहने गरी पार्टीबाट राजीनामा दिएको घोषणा गर्दछु । साथै महान जनयुद्ध, सहिद, बेपत्ता, घाइते तथा गणतन्त्र स्थापनार्थ संघर्ष गर्नुहुने सम्पूर्ण अग्रजहरुप्रति सदैव सम्मान रहनेछ ।’

    नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य गुरुङ शुक्लागण्डकी नगर समितिका निर्वतमान अध्यक्षसमेत हुन् । २०७४ सालको स्थानीय निर्वाचनमा शुक्लागण्डकी नगरपालिका–१२ को वडाध्यक्ष निर्वाचित भएका थिए ।

    अखिल क्रान्तिकारी इकाइ कमिटी जनप्रेमी मावि फिरफिरेको अध्यक्ष हुदै माओवादी विचारमा आबद्ध भएका उनले २० बर्ष पार्टीमा विताए । साविकको फिरफिरे गाउँ विकास समितिको अध्यक्ष भएका थिए ।