प्रदेश स्तरीय यु १६ फुटबल : आज चार खेल सम्पन्न
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    प्रदेश स्तरीय यु १६ फुटबल : आज चार खेल सम्पन्न

    खबरपुञ्ज संवाददाता

    १८ मंसिर २०८२, बिहीबार

    दमौली, १८ मंसिर । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित नेपाल पुलिस स्कूलको आयोजनामा जारी गण्डकी प्रदेश स्तरीय यु १६ फुटबल प्रतियोगिता अन्तर्गत आज चार खेल सम्पन्न भएका छन् ।

    प्रतियोगिता अन्तर्गत अमर भूपु मावि, मिन मावी, तालबेंसी मावि र आयोजक नेपाल पुलिस स्कुलले जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेका छन् ।

    पहिलो खेलमा अमर भूपु माविले खैरेनी माविलाई २–० गोल अन्तरले पराजित ग¥यो । अमर भूपुका इर्शान थापाले गरेको दुई गोल नै जितका लागि निर्णायक बन्यो ।

    दोस्रो खेलमा मिन माविले ज्ञानज्योति विद्याकुञ्जलाई २–१ गोल अन्तरले पराजित गरेको हो । मिन माविका निशान शाही र सजल श्रेष्ठले एक÷एक गोल गर्दा ज्ञानज्योति विद्याकुञ्जका कुशल पुनले १ गोल फर्काए ।

    तालबेसी मावि र अरनिको इङलिस् बोर्डिङ स्कूलबीच भएको तेस्रो खेलमा तालबेसीले २–० गोल अन्तरले जित निकाल्यो । तालबेसीका सौरभ थापाले र मन्दिप श्रेष्ठले एक÷एक गोल गरे ।

    शिशु कल्याण माविसँग भएको प्रतिस्पर्धामा आयोजक नेपाल पुलिस स्कुलले टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै अघिल्लो यात्रा सुरक्षित गरेको छ । निर्धारित मिनेटमा दुवै टोलीले ३–३ गोलको बराबरी खेलेपछि टाइब्रेकरमा खेल धकेलिएको थियो । पुलिसका राम क्षेत्रीले दुई र ओमन श्रेष्ठले एक गोल गर्दा शिशुकल्याणका रोनाल्डो दर्लामीले एक्लैले ३ गोल गर्न सफल भए ।

    विद्यालयस्तरको फुटबल विकासलाई निरन्तरता दिने उद्धेश्यसहित मङ्सिर २१ गतेसम्म आयोजना हुने प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न जिल्लाका १६ विद्यालयको सहभागिता रहेको छ । खेलभावना विकास, अनुशासन र नेतृत्व क्षमता वृद्धि, प्रदेशका विद्यार्थीमा खेलकुदप्रतिको रुची बढाउन, उत्कृष्ट खेलाडी पहिचान गर्ने उद्धेश्यसहित प्रतियोगिताको आयोजना गरिएको विद्यालयका प्राचार्य रामचन्द्र शाहीले जानकारी दिए ।

    प्रतियोगितामा विजेताले रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले रु २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले नगद रु चार हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

    त्यस्तै उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीलाई जनही रु दुई हजारका दरले पुरस्कार प्रदान गरिनेछ ।