


दमौली, ६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट समानुपातिक आकांक्षी उम्मेदवारको घरदैलो अभियान सुरु भएको छ ।
पार्टीले प्रारम्भिक छनोटमा परेका उम्मेदवारलाई घरदैलोमा खटाएको हो। तनहुँबाट चार जना समानुपातिक आकांक्षी उम्मेदवार छन् । उनीहरुलाई तनहुँ बाहेकका जिल्लामा खटाइएको छ भने तनहुँमा अन्य जिल्लाका आकांक्षी उम्मेदवार घरदैलोमा खटिएका छन् ।
रास्वपा नेतृ एवं समानुपातिक आकांक्षी उम्मेदवार शोभा जोशीले आइतबार घरदैलो गरेकी छन् । त्यसक्रममा उनले सर्वसाधारणसँग भेट गरी रास्वपालाई विजयी गराउन आग्रह गरेकी छन् ।
त्यसक्रममा पार्टीका तनहुँ सभापति विश्व बास्तोला, गण्डकी प्रदेश प्रशिक्षण विभाग सचिव सुरेन्द्र पौडेल, नगर सभापति चुडामणि दाहाल लगायत सहभागी थिए ।