


दमौली, ६ पुस । जिल्ला समन्वय समिति तनहुँको समन्वय अधिकारीमा शिवप्रसाद रिजाल आउने भएका छन । यसअघिका समन्वय अधिकारी प्रकाश पौडेल अनिवार्य अवकाशमा गएसँगै रिक्त रहेको समन्वय अधिकारीमा रिजाल आउन लागेका हुन् ।
नेपाल ट्रष्टको कार्यालयमा कार्यरत उपसचिव अधिकारीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तनहुँमा सरुवा गर्ने निर्णय गरेको हो ।