पूर्ण स्मृतिबाट साहित्यमा टुकादेवी, पत्रकारितामा हरि र समाजसेवामा लालप्रसाद सम्मानित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पूर्ण स्मृतिबाट साहित्यमा टुकादेवी, पत्रकारितामा हरि र समाजसेवामा लालप्रसाद सम्मानित

    खबरपुञ्ज संवाददाता

    ७ पुष २०८२, मंगलवार

    दमौली, ८ पुस । तनहुँ मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्जका तत्कालिन अध्यक्ष पूर्ण कुमार श्रेष्ठको स्मृतिमा स्थापित पूर्ण स्मृति शुक्लागण्डकी एफ.एम. सम्मान तथा पुरस्कार–२०८२ सोमवार प्रदान गरिएको छ ।

    चौथो पटक प्रदान गरिएको सम्मानमा साहित्यतर्फ टुकादेवी पौडेल आचार्य, पत्रकारितातर्फ हरि खरेल र समाजसेवातर्फ लालप्रसाद गर्तौला सम्मानित हुनुभएको छ । शुक्लागण्डकी–२ स्थान्थोकमा सोमबार रेडियोको दशौं वार्षिक साधारणसभाको अवसरमा आयोजित एक कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका नगर उपप्रमुख खुम बहादुर विक ‘राजु’, वडा नं. २ का अध्यक्ष सुमन बहादुर राना मगर, रेडियोका अध्यक्ष शिव पौडेल, संस्थापक अध्यक्ष नारायण कुमार श्रेष्ठ लगायतले उनीहरुलाई सम्मान गरे ।

    पत्रकारिता र साहित्यतर्फ सम्मानित खरेल र आचार्यले नगद रु दश÷दश हजार, प्रमाण पत्र र पूर्ण स्मृति सामाजिक सेवा पुरस्कार तथा सम्मानतर्फ गर्तौलाले नगद रु पाँच हजार र प्रमाणपत्र प्राप्त गरे ।

    तनहुँ जिल्लामा साहित्यिक क्षेत्रमा क्रियाशिल रहेका मध्य एक, खोज पत्रकारिता क्षेत्रमा लागेका व्यक्ति र शुक्लागण्डकी नगर क्षेत्रमा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिबाट छनौट गरि सम्मान गरिएको हो ।

    कार्यक्रममा नगर उपप्रमुख खुम बहादुर विक राजुले रेडियोलाई समय अनुसार प्रविधि केन्द्रित गरि चलाउनुपर्ने समय आएको उल्लेख गरे । वडा अध्यक्ष सुमन बहादुर रानाले रेडियोले पर्यटकीय क्षेत्रमा आएर महत्वपूर्ण कार्यक्रम गरिरहँदा यस क्षेत्रको प्रचारमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

    वार्षिकोत्सवको अवसरमा उत्कृष्ट स्रोता भिमाद–९, पाथर्दी निवासी तारा थापा, उत्कृष्ट कर्मचारीतर्फ नेवार भाषा कार्यक्रम प्रस्तोता ज्ञाननारायण श्रेष्ठ र कुमाल भाषा कार्यक्रम प्रस्तोता मार्टिना कुमाल सम्मानित भए ।

    उत्कृष्ट विज्ञापनदातातर्फ जय शिव सुनचाँदी पसलका शिव बहादुर विक, बरेली टेलर्सका प्रेम परियार, जय शिव इलोक्ट्रोनिक्सका शिव बहादुर श्रेष्ठ र पूर्ण कपडा पसलका पूर्ण बहादुर आले सम्मानित भए ।

    पुरस्कृत एवम् सम्मानित व्यक्तित्व छनोटका लागि रेडियोका पूर्व अध्यक्ष नारायण कुमार श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय छनौट समिति गठन गरिएको थियो । समिति सदस्यहरुमा रेडियोका निवर्तमान अध्यक्ष ऋषेश्वर भुवाई ‘ऋतु’ र सल्लाहकार कृष्णप्रसाद पौडेल रहेका थिए ।