


दमौली, ८ पुस । पृथ्वीराजमार्ग अन्तरगत पर्ने जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका – ६ खैरेनीटारस्थित भिमादचोकमा सडक विस्तारले आकर्षक देखिएपछि टिकटक बनाउनेको भीड बढेको छ ।
मुग्लिन पोखरा सडकखण्ड विस्तारपछि आकर्षक देखिदा सर्वसाधारणको टिकटक, भिडिओ बनाउन भिडभाड बढेको हो ।
उक्त क्षेत्र दुर्घटनाको जोखिम रहेको र सडक स्तरोन्तीले गर्दा सवारी आवागमनमा बाधा परिरहेको अवस्थामा पछिल्लो समयमा भाईरल रोडभन्दै टिकटक, रिल्स, भिडियो बनाउने कार्यले भिड जम्मा हुँदा झन् बढि दुर्घटनाको जोखिम बढाएकाले प्रहरीले त्यसतर्फ सचेत भइदिन अपिल गरेको छ।
