


दमौली, ८ पुस । म्याग्दे गाउँपालिकामा व्यवसाय दर्ता तथा नविकरण शिविर मंगलबारदेखि सुरु भएको छ । म्याग्दे उद्योग वाणिज्य संघको सहकार्यमा म्याग्दे-३ धँयरेबाट शिविर सुरु भएको छ ।
म्याग्दे-३ का वडाध्यक्ष टुकराज अधिकारीको अध्यक्षतामा र गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा घुम्ति शिविर सुरु भएको हो।
कार्यक्रममा उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी, म्याग्दे गापाका अधिकृत सातौ प्रदिप न्यौपाने, कार्यपालिका सदस्यहरू, म्याग्दे उद्योग वाणिज्य संघका पदाधिकारीहरू, वडा सदस्यहरू र व्यवसायीको सहभागिता थियो ।
शिविरको पहिलो दिन ४० बढी दर्ता तथा नविकरण भएको गाउँपालिकाका अधिकृत सातौ न्यौपानेले जानकारी दिए ।
