


दमौली, ८ पुस । तनहुँको बन्दीपुर गाउँपालिका–१, नाहालामा अवस्थित विष्णु माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति सर्वसम्मत रूपमा चयन भएको छ। हालै सम्पन्न भेलाले भानुभक्त पोख्रेललाई समितिको अध्यक्षमा चयन गरेको हो।
समितिको सदस्यहरूमा विकास पोख्रेल, विमला गोतामे, पार्वती लामा कुसुले, शोभामाया राना मगर तथा पार्वती वि.क. चयन हुनुभएको छ। त्यस्तै, वडा प्रतिनिधिका रूपमा बन्दिपुर गाउँपालिका–१ का वडा अध्यक्ष शिवकुमार श्रेष्ठ रहेका छन् भने विद्यालयका प्रधानाध्यापक ऋषिराम ढकाल सदस्य–सचिव रहेका छन् ।
नवगठित समितिले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार विकास तथा समग्र शैक्षिक वातावरण सुदृढीकरणमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ।
