


दमौली, ९ पुस । ढोरफूलबारी सहिद अस्पतालमा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । शुक्लागण्डकी नगरपालिका–११ साँखेमा रहेको अस्पतालले पुस १० गते बिहीबार शिविरको आयोजना गरेको हो ।
शुक्लागण्डकी नगरपालिका वडा नम्बर ११ को कार्यालयको सहकार्य, तनहुँ सेवा हस्पिटल र यूआरएल फाउण्डेशन नेपालको प्राविधि सहयोगमा शिविर हुदैछ । भिडियो एक्सरे, इसिजी, पिएफटी, ल्याब परीक्षण र निशुल्क औषधि शिविरमा उपलब्ध गराइने ढोरफूलबारी सहिद अस्पतालका प्रमुख डा. विज्ञान क्षेत्रीले बताए ।
पेट, मुटु, छाती, सुगर, थाइराइड, रोग विशेषज्ञ डा. कृष्णराज अधिकारी, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. मेघराज लामिछाने, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. सुनिता सिलवाल, छाला तथा यौन रोग विशेषज्ञ डा. रमेश शर्मा, एमडिजिपी डा. रविबहादुर गुरुङ, डा. विज्ञान क्षेत्री र रेडियोलोजिष्ट डा. सन्तोष बरालले बिरामीको स्वास्थ्य परीक्षण गर्नेछन् ।
https://www.tanahukhabar.com/specially-about-tanahun/16466/?fbclid=IwdGRjcAO3c4tjbGNrA7dzVmV4dG4DYWVtAjExAHNydGMGYXBwX2lkDDM1MDY4NTUzMTcyOAABHpFniQms-JaNIBdkSH6g4gEo_t3WJgb4toiGQJRhiXaKwdz0z1nYuvPbkImS_aem_faQxnn5wCbz5wQz_Xcx75A#