


दमौली, ९पुस । व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदान उपभाेक्ता समितिका अध्यक्ष भुवन गाेशलीले खेलमैदानको संरक्षणका लागि देखाइएको जिम्मेवार पहल र निरन्तर प्रयासप्रति सम्पूर्ण युवा क्लब परिवारलाई धन्यवाद व्यक्त गरेका छन्। युवाहरूको एकता, सचेतना र सकारात्मक सोचका कारण सामुदायिक सम्पत्तिको संरक्षण सम्भव भएको उनले बुधबार विज्ञप्तीमार्फत् उल्लेख गरेका छन् ।
पुस २४ गतेदेखि हुने लागेकाे महोत्सवका क्रममा फुटबल मैदानमा क्षति पुग्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै महोत्सव स्थल स्थानान्तरण गरिएकोप्रति व्यास नगरपालिका, आदिवासी जनजाति महासंघ तथा सञ्चारकर्मीहरूको भूमिकाप्रति उनले धन्यवाद ज्ञापन गरे ।