आफू प्रधानमन्त्री भए लिलाम भएको घरजग्गा सम्बन्धित व्यक्तिलाई फिर्ता गरिदिने दुर्गा प्रसाइको घोषणा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आफू प्रधानमन्त्री भए लिलाम भएको घरजग्गा सम्बन्धित व्यक्तिलाई फिर्ता गरिदिने दुर्गा प्रसाइको घोषणा

    खबरपुञ्ज संवाददाता

    ८ पुष २०८२, बुधबार

    दमौली, ९ पुस । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाइँले अहिलेको व्यवस्था परिवर्तन भएर आफू प्रधानमन्त्री भए लिलाम भएको घरजग्गा सम्बन्धित व्यक्तिलाई फिर्ता गरिदिने घोषणा गरेका छन् ।

    दमौलीमा बुधबार आयोजित संक्षिप्त भेटघाटमा प्रसाइँले लिलाम भएर गएको घरजग्गा आफू प्रधानमन्त्रीको भए दिन सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरिदिने बताए । उनले भने, “मालपोत कार्यालयले धनीपुर्जा दिन्छ, किन्ने हेरेको हेरै हुन्छ ।”