नेपाली कम्युनिष्ट पार्टी तनहुँले पुस ११ गते उम्मेदवार सिफारिस गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेपाली कम्युनिष्ट पार्टी तनहुँले पुस ११ गते उम्मेदवार सिफारिस गर्ने

    खबरपुञ्ज संवाददाता

    ८ पुष २०८२, बुधबार

    दमौली, ९ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी तनहुँले पुस ११ गते उम्मेदवार सिफारिस गर्ने भएको छ । सो पार्टीको बुधबार दमौलीमा सम्पन्न बैठकमा आकाङ्क्षी उम्मेदवारले नाम प्रस्ताव गरेको र अन्तिम टुङ्गो पुस ११ गते हुने जनाइएको छ ।

    सो पार्टीका नेता विद्यानाथ ढकालले प्रत्यक्षतर्फ हरेक निर्वाचन क्षेत्रबाट एक जना जेनजी, एक जना महिला पर्ने गरी पाँच जना सिफारिस गरिने जानकारी दिए । त्यस्तै समानुपातिकतर्फ दुई महिलासहित दुवै निर्वाचन क्षेत्रबाट छ जनाको नाम सिफारिस गरिने उनले बताए ।

    उनले भने, “आजको बैठकमा प्रत्यक्ष र समानुपातिकतर्फ नेताहरुले इच्छा जाहेर गर्नुभएको छ । पुस ११ गते बैठक बसेर नाम टुङ्गो लगाएर केन्द्रमा सिफारिस गर्छौ ।”

    पार्टीले बहालवाला जनप्रतिनिधिको नाम भने सिफारिस नगर्न निर्देशन दिएको ढकालको भनाइ छ ।