रवि–बालेनबीच सहमति नभएसम्म सुदन गुरुङले गेट नखोल्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रवि–बालेनबीच सहमति नभएसम्म सुदन गुरुङले गेट नखोल्ने

    खबरपुञ्ज संवाददाता

    ९ पुष २०८२, बिहीबार

    काठमाडाै, १० पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाण्डु महानगरका मेयर बालेन शाहबीच ललितपुरमा भेटवार्ता जारी छ।

    बालेनका सहयोगी कुमार बेनको कुपण्डोलस्थित घरमा भित्र उनीहरुबीच वार्ता भइरहेको हो ।

    यो वार्तालाई २ पक्षको निर्णायक वार्ता भनिएको छ । वार्ता चलिरहदा बाहिर जनेजी प्रतिनिधि सुदन गुरुङ पनि उपस्थित छन्। गुरुङले दुई नेताहरूबीच सहमति नभएसम्म गेटमा लगाइएको ताला नखोल्ने जानकारी गराएका छन् ।

    सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै उनले रवि र बालेनलाई भित्र राखेर बाहिरबाट गेट बन्द गरिएको बताएका हुन् ।