तनहुँमा उज्यालो नेपाल पार्टीको जिल्ला भेला शुक्रबार, कुशल र रिमाले सम्बोधन गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा उज्यालो नेपाल पार्टीको जिल्ला भेला शुक्रबार, कुशल र रिमाले सम्बोधन गर्ने

    खबरपुञ्ज संवाददाता

    ९ पुष २०८२, बिहीबार

    दमौली, ९ पुस । उज्यालो नेपाल पार्टीको तनहुँ जिल्ला भेला भोलि शुक्रबार आयोजना हुने भएको छ। भेलामा पार्टीका केन्द्रीय सदस्य कुशल गुरुङ र रिमा विश्वकर्मा सहभागी हुने कार्यक्रम रहेको छ।

    भेलाले तनहुँ जिल्ला संयोजक तथा व्यास नगरपालिका संयोजकको घोषणा गर्ने गण्डकी प्रदेश संयोजक मनराज गुरुङले जानकारी दिए ।

    कार्यक्रममा पार्टीको वर्तमान राजनीतिक अवस्था, संगठन सुदृढीकरण, आगामी कार्ययोजना तथा स्थानीय तहमा जनसम्पर्क विस्तारका विषयमा छलफल हुनेछ।