


दमौली, १० पुस । क्रिसमस र अंग्रेजी नयाँ वर्ष २०२६ को स्वागतार्थ तनहुँको व्यास–४ स्थित
प्रसिद्ध कालिका मन्दिर परिसरमा सरसफाइ गरिएको छ । सामाजिक सद्भाव र
वातावरणीय सचेतना जगाउने उद्देश्यले स्थानीय युवाहरूले मन्दिर क्षेत्रको सरसफाइ
गरेका हुन् ।
सामाजिक युवा अभियान्ता महम्मद गफ्फार सुदिपको नेतृत्वमा भएको उक्त
कार्यक्रममा युवाहरूले मन्दिर वरपरको फोहोर व्यवस्थापन गर्दै परिसरलाई स्वच्छ
बनाएका थिए । अभियानमा युनिस सेख, प्रकाश वाग्ले, आनन्द सोति, शुशिल विक,
कृष्ण प्रजापती लगायतका युवाहरूको सहभागिता रहेको थियो ।
सद्भावको सन्देश विभिन्न धर्म र संस्कृति मान्ने युवाहरू मिलेर मन्दिर परिसर सफा गर्नुले समाजमा धार्मिक सहिष्णुता र एकताको बलियो सन्देश दिएको छ । अभियान्ता सुदिपले चाडपर्वहरूलाई केवल उत्सवका रूपमा मात्र नभई सामाजिक सेवा र स्वच्छतासँग जोड्नुपर्ने धारणा व्यक्त गरे । नयाँ वर्ष र क्रिसमसको अवसरमा पर्यटकीय तथा धार्मिक स्थलहरूमा भिडभाड हुने भएकाले त्यसअघि नै सफाइ अभियान चलाइएको सहभागी युवाहरूले बताएका छन् ।