


दमौली, १५ पुस । नेपाली कांग्रेसको प्रतिनिधि सभा निर्वाचनका लागि सार्वजनिक गरिएको समानुपातिक बन्दसूचीमा तनहुँबाट सहिदपत्नी इन्दिरा खनाल समेटिएकी छन्। भिमाद नगरपालिकाकी स्थायी निवासी खनाललाई पार्टीले समानुपातिकतर्फको उम्मेदवारका रूपमा सूचीमा समावेश गरेको हो।
पार्टीका अनुसार सहिद परिवारको योगदान र त्यागको कदर गर्दै खनाललाई बन्दसूचीमा स्थान दिइएको हो।
