


दमौली, १७ पुस । गृह मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को जिल्ला श्रेणीकरणको नतिजामा तनहुँ जिल्ला २६ औं स्थानमा परेको छ। चारै त्रैमासिकको कार्यसम्पादन मूल्याङ्कनका आधारमा तयार पारिएको सूचीमा तनहुँले मध्यमस्तरको प्रगति हासिल गरेको हो ।
गृह मन्त्रालयले सेवा प्रवाह, प्रशासनिक कार्यक्षमता, विकास निर्माणको प्रगति, शान्ति सुरक्षा तथा सुशासनका सूचकलाई आधार मानी जिल्लाहरूको मूल्याङ्कन गर्दै आएको छ। सार्वजनिक सूचीअनुसार पर्वत जिल्ला पहिलो स्थानमा रहँदा बागलुङ, कञ्चनपुरलगायत जिल्लाहरू शीर्ष स्थानमा परेका छन्।
तनहुँले ९१.६० अंक प्राप्त गरेको छ ।
