


दमौली, १७ पुस । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय तनहुँ ‘ख’ श्रेणीका जिल्लामध्ये २३ औँ स्थानमा परेको छ।
मूल्याङ्कन अनुसार तनहुँले २४.९३७५ अंक प्राप्त गरेको हो। ‘ख’ वर्गमा समावेश जिल्लाहरूमध्ये धनकुटा २८.५ अंकसहित पहिलो स्थानमा रहन सफल भएको छ।
कार्यसम्पादन मूल्याङ्कन गृह मन्त्रालयअन्तर्गत तोकिएका सूचकका आधारमा गरिएको हो । जसमा सेवा प्रवाह, प्रशासनिक दक्षता, उजुरी व्यवस्थापन तथा समग्र कार्यप्रगति समेटिएको जनाइएको छ।
