धारिलो हतियार प्रहारबाट घाइते बनाएको अभियोगमा दुई पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    धारिलो हतियार प्रहारबाट घाइते बनाएको अभियोगमा दुई पक्राउ

    खबरपुञ्ज संवाददाता

    १६ पुष २०८२, बिहीबार

    दमौली, १७ पुस । व्यास नगरपालिका-१२ बस्ने २३ वर्षीय सुमन भुजेललाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४३ वर्षीय दिपक भन्ने देव बहादुर पाण्डे र ३० वर्षीय रन्जन पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उनीहरुलाई बुधबार पक्राउ गरी ज्यान मार्ने उद्योगमा म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए ।