दुर्गा प्रसाईंको दाबी- प्रधानमन्त्रीले ‘भ्रष्टाचारीलाई कारबाही गर्न सक्दिनँ’ भन्नुभयो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    दुर्गा प्रसाईंको दाबी- प्रधानमन्त्रीले ‘भ्रष्टाचारीलाई कारबाही गर्न सक्दिनँ’ भन्नुभयो

    खबरपुञ्ज संवाददाता

    १६ पुष २०८२, बिहीबार

    काठमाडौ, १७ पुस । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले प्रधानमन्त्रीले भ्रष्टाचारीलाई कारबाही गर्न नसक्ने जवाफ दिएको दाबी गरेका छन्।

    प्रधानमन्त्रीसँगको भेटवार्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रसाईंले यस्तो दाबी गरेका हुन्।

    प्रसाईंका अनुसार उनले सरकारका प्रतिनिधिले ५ दिनभित्र भ्रष्टाचारी पक्राउ गर्ने भनी दिएको अभिव्यक्तिबारे प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए। जवाफमा प्रधानमन्त्रीले लाचारी व्यक्त गरेको प्रसाईंको दाबी छ।

    ‘प्रधानमन्त्रीज्यूले उहाँहरू (भ्रष्टाचारी) लाई हामी कारबाही गर्न सक्दैनौं, त्यो आशै नगर्दा हुन्छ भन्नुभयो,’ प्रसाईंले भने, ‘उहाँले ठाउँ नै यस्तै रहेछ भन्ने जवाफ दिनुभयो।’

    प्रसाईंले सरकार समस्या समाधान गर्न भन्दा पनि यसलाई पन्छाएर चुनावमा जाने तयारीमा रहेको आरोप लगाए।