


दमाैली, १८ पुस । बढुवा समितिको निर्णयअनुसार तनहुँमा कार्यरत तीन जना वरिष्ठ प्रहरी हवल्दारहरू प्रहरी सहायक निरीक्षक (असई) पदमा बढुवा भएका छन्।
बढुवा हुनेमा इलाका प्रहरी कार्यालय भानुमा कार्यरत रामचन्द्र श्रेष्ठ, प्रहरी चौकी पुट्टारमा कार्यरत नाथ दमाइ तथा इलाका प्रहरी कार्यालय बन्दीपुरमा कार्यरत राजिनबाबु राना रहेका छन् ।
नेपाल प्रहरीको संगठनात्मक संरचनाअनुसार गरिएको उक्त बढुवालाई नियमित प्रक्रिया अन्तर्गत गरिएको जनाइएको छ। लामो समयदेखि सेवा, अनुभव र कार्यक्षमताको मूल्याङ्कनका आधारमा उनीहरूलाई प्रहरी सहायक निरीक्षक पदमा पदोन्नति गरिएको हो।
