


दमौली, १९ पुस । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले तनहुँ-१ मा उम्मेदवार सिफारिस गरेको छ । शनिबार बसेको क्षेत्रीय कमिटी बैठकले आठ जना उम्मेदवार सिफारिस गरेको हो।
सिफारिस हुनेमा पार्टीका केन्द्रीय सदस्य भगवती न्यौपाने, युवा नेता पूर्णबहादुर गुरुङ, प्रतापलाल श्रेष्ठ, अनिल पाण्डे, मोहन विश्वकर्मा, प्रेम कुमार राना, शोभा गुरुङ, राम वहादुर गुरुङ छन् ।
