आठौ मिलीजुली कपको उपाधि बुलिङटारलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आठौ मिलीजुली कपको उपाधि बुलिङटारलाई

    खबरपुञ्ज संवाददाता

    १९ पुष २०८२, आईतवार

    दमौली, २० पुस । तनहुँको बन्दीपुर-६ खहरेमा आयोजित मिलिजुली कप पुरुष भलिबल प्रतियोगिताको उपाधि बुलिङटार युवा क्लवले जितेको छ । तमु ल्होसारको अवसर पारेर आयोजना गरिएको प्रतियोगितामा ३७ टिमलाई पछि पार्दै नवलपुरको बुलिङटारले उपाधि जितेको हो ।

    उपाधिसँगै बुलिङटारले नगद एक लाखका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

    उपविजेता बनेको मिलिजुली युवा क्लब, बन्दीपुर–६ खहरेले ७० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो। यस्तै कोइदिम युवा क्लब, ऋषिङ–१ तृतीय तथा शुक्लागण्डकी नगरपालिका सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भए।

    विजेतालाई बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले पुरस्कार वितरण गरेका थिए ।

    अध्यक्ष थापाले गाउँस्तरमा आयोजना हुने यस्ता खेलकुद प्रतियोगिताले स्थानीय प्रतिभा पहिचान र सामाजिक सद्भाव मजबुत बनाउने बताए।

    कार्यक्रम संयोजक तथा मिलिजुली युवा क्लबका संस्थापक अध्यक्ष सिद्धान्त गर्जा मगरले सीमित स्रोत–साधनबाट सुरु गरिएको प्रतियोगिता ठूलो पुरस्कार राशिसहित सफलतापूर्वक सम्पन्न हुनुले आयोजक टिमलाई थप उत्साह मिलेको बताए।