तउवासंघ दमौली बजार इकाई सभापति उम्मेदवार दाहाल भन्छिन् – सबै व्यवसायीको सहयोग पाउनेमा ढुक्क छु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तउवासंघ दमौली बजार इकाई सभापति उम्मेदवार दाहाल भन्छिन् – सबै व्यवसायीको सहयोग पाउनेमा ढुक्क छु

    खबरपुञ्ज संवाददाता

    १९ पुष २०८२, आईतवार

    दमौली, २० पुस । तनहुँ उद्योग वाणिज्य संघ अन्तर्गत दमौली बजार इकाईको अधिवेशन नजिकिँदै गर्दा सभापतिका लागि उम्मेदवारी घोषणा हुन थालेको छ। यसैक्रममा हाल दमौली बजार इकाईकी सचिव रहेकी अन्जु दाहालले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।

    व्यवसायी हित, बजार व्यवस्थापन तथा संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्दै दाहालले नेतृत्वदायी भूमिकामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। उनले दमौली बजारका व्यवसायीहरूका समस्या समाधान, सहकार्यको वातावरण निर्माण तथा उद्योग–व्यवसायको प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्ने बताइन्।

    सचिवका रूपमा कार्यरत रहँदा दाहालले बजार इकाईका गतिविधि सञ्चालन, व्यवसायीहरूबीच समन्वय र विभिन्न कार्यक्रमहरूलाई प्रभावकारी रूपमा अघि बढाएको भन्दै व्यवसायीहरूबाट सकारात्मक समर्थन प्राप्त हुँदै आएको छ।