


काठमाडौ, २० पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आइतबार बसेको ५८औं केन्द्रीय समिति बैठकले समायोजन तथा निर्वाचन केन्द्रित दुईवटा उपसमिति गठन गर्ने निर्णय गरेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा योग्य उम्मेदवार छनोटको प्रत्याभूतिका लागि पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा उम्मेदवार सिफारिस उपसमिति गठन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।
उक्त उपसमितिलाई योग्य उम्मेदवार एवं छनोट प्रक्रिया समेतको सिफारिस गर्ने जिम्मेवारी दिइएको झाले बताए। उपसमितिका सदस्यहरू पार्टी सचिवालयले मनोनयन गर्ने छ।