बारा-४ बाट किसान सहित तीन जना सिफारिस
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बारा-४ बाट किसान सहित तीन जना सिफारिस

    खबरपुञ्ज संवाददाता

    १९ पुष २०८२, आईतवार

    काठमाडौ, २० पुस । नेकपा (एमाले) ले बाराको क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रुपमा केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) सहित ३ जनाको नाम सिफारिस गरेको छ ।

    श्रेष्ठ पहिलो नम्बरमा सिफारिस हुँदा अमर यादव र सीता गुरुङ पनि सिफारिस भएका हुन् । सिफारिस भएका सबै नाम आजै केन्द्रमा पठाइने पार्टीका जिल्ला अध्यक्ष अध्यानन्द पाण्डेले बताए ।

    पहिलो नम्बरमा सिफारिस हुने श्रेष्ठले २०७९ को निर्वाचनमा सोही क्षेत्रबाट चुनाव जितेका थिए । उनले २०७४ को निर्वाचनमा तनहुँबाट वर्तमान राष्ट्रपति रामचन्द्र पौडेललाई हराउँदै जित निकालेका थिए ।