


दमौली, २० पुस । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तनहुँमा निर्वाचन अधिकृत तोकिएका छन्।
निर्वाचन आयोगले तनहुँ जिल्लाका लागि मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश विष्णुप्रसाद उपाध्यायलाई तोकेको छ। उनले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ को समेत जिम्मेवारी सम्हाल्ने छन्।
यसैगरी, तनहुँ निर्वाचन क्षेत्र नम्बर २ का लागि निर्वाचन अधिकृतमा सर्वोच्च अदालतका इजलास अधिकृत भेषराज पौडेललाई जिम्मेवारी प्रदान गरिएको छ।
निर्वाचन अधिकृत तोकिएसँगै जिल्लामा निर्वाचन सम्बन्धी तयारी, व्यवस्थापन तथा कानुनी प्रक्रिया अघि बढ्ने निर्वाचन आयोगले जनाएको छ। आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र मर्यादित रूपमा सम्पन्न गराउन आवश्यक तयारी थालिएको छ।
