


दमौली, २१ पुस । विवेकशील साझा पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समायोजन भएपछि तनहुँको बन्दीपुर निवासी आशुतोष प्रधान रास्वपाको केन्द्रीय सदस्यमा मनोनित भएका छन्।
पार्टी एकीकरण तथा समायोजन प्रक्रियाअन्तर्गत रास्वपाले प्रधानलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिएको हो। विवेकशील साझा पार्टीमा सक्रिय भूमिका निर्वाह गर्दै आएका प्रधान बन्दीपुर क्षेत्रका युवामाझ परिचित मानिन्छन्।
