


दमौली, २१ पुस । नेपाल सरकार, शहरी विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागको नयाँ शहर आयोजना कार्यालय, डुम्रे–भन्सार, तनहुँले कार्यालय भवन निर्माणसम्बन्धी ठेक्काको आर्थिक प्रस्ताव खोलेको छ।
कार्यालयले यसअघि राष्ट्रिय दैनिक पत्रिकामार्फत प्रकाशित बोलपत्र आह्वान सूचनाअनुसार ई–प्रोक्योरमेन्ट प्रणालीमार्फत प्राप्त बोलपत्रहरूमध्ये प्राविधिक रूपमा योग्य ठहरिएका निर्माण कम्पनीहरूको आर्थिक प्रस्ताव तोकिएको मितिमा सार्वजनिक रूपमा खोलेको हो।
नयाँ शहर आयोजना कार्यालयका अनुसार यातायात व्यवस्था कार्यालय डुम्रेको कार्यालय भवन निर्माण कार्यका लागि खोलिएको उक्त आर्थिक प्रस्तावमा विभिन्न निर्माण कम्पनी तथा संयुक्त उपक्रम (JV) हरू सहभागी भएका छन्।

प्राविधिक प्रस्तावमा सफल भई आर्थिक प्रस्ताव खोलिएका बोलपत्रदाताहरूमा होम निर्माण सेवा, गोरखा, आमा इञ्जिनियरिङ एण्ड कन्स्ट्रक्सन प्रालि, काठमाडौं, रविन–मल्टी निर्माण सेवा जेभी, काठमाडौं, बी.पी. शोभा भगवती जेभी, काठमाडौं, बडु अभिनव जेभी, काठमाडौं, रत्न इन्फ्रास्ट्रक्चर प्रालि, नुवाकोट, छिम्केश्वरी निर्माण सेवा, तनहुँ तथा नवरंग निर्माण सेवा प्रालि, काठमाडौं रहेका छन्।
आर्थिक मूल्यांकन पश्चात् सबै प्रक्रिया पूरा गरी कानुनी व्यवस्थाअनुसार ठेक्का स्वीकृत गरिने बताइएको छ।
