म्याग्देमा दन्त शिविरको दोस्रो दिन : ७१ जनाले लिए सेवा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    म्याग्देमा दन्त शिविरको दोस्रो दिन : ७१ जनाले लिए सेवा

    खबरपुञ्ज संवाददाता

    २० पुष २०८२, सोमबार

    दमौली, २१ पुस । तनहुँको म्याग्दे गाउँपालिका–२ मा सञ्चालन गरिएको निःशुल्क दन्त शिविरको दोस्रो दिन सोमबार ७१ जनाले सेवा लिएका छन् ।

    म्याग्दे गाउँपालिकाले नेलम्बो नेपाल कास्कीको सहकार्यमा सञ्चालित शिविरमा ७१ जनाले सेवा लिएका हुन् ।

    शिविरमा १५ जनाको दाँत भर्ने (रेस्टोरेशन), १४ जनाको आरभीजी एक्स–रे, ४ जनाको रुट क्यानाल उपचार, १२ जनाको दाँत निकाल्ने, २६ जनाको दाँत सफा गर्ने, १२ जनाको इनामेलोप्लास्टी तथा १ जनाको इरिगेसन उपचार गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले जानकारी दिए ।

    स्थानीय स्तरमै दन्त सेवा पाउँदा स्थानीय बासिन्दाहरू खुशी देखिएका थिए। नियमित दन्त उपचारका लागि टाढा जानुपर्ने बाध्यता हटेको भन्दै उनीहरूले यस्ता स्वास्थ्य शिविरलाई निरन्तरता दिन माग गरेका छन्।