त्रिवेणी कपको उपाधि एपीएफले जित्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    त्रिवेणी कपको उपाधि एपीएफले जित्यो

    खबरपुञ्ज संवाददाता

    २० पुष २०८२, सोमबार

    लमजुङ, २१ पुस । विभागीय सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लबले बेंसीसहरमा सम्पन्न त्रिवेणी कप फुटबल प्रतियोगिताको ३३ औं संस्करणको उपाधि उचालेको छ।

    सोमबार बेंसीसहरको सहजीस्थित खेलमैदानमा भएको फाइनलमा घरेलु टोली लाङ्दीदेवी फुटबल क्लब नाल्मालाई २–० ले पराजित गर्दै एपीएफ लगातार दोस्रो पटक च्याम्पियन बनेको हो।

    निर्धारित ९० मिनेटको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा एपीएफले निर्णायक प्रदर्शन गर्‍यो।

    फाइनल खेलमा निर्णायक भूमिका खेलेका एपीएफका युवराज खड्का ‘म्यान अफ दि म्याच’ घोषित हुँदै १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । उपाधिसँगै एपीएफले १२ लाख रुपैयाँसहित ट्रफी हात पार्‍यो। उपविजेता लाङ्दीदेवी नाल्माले ६ लाख रुपैयाँमा चित्त बुझायो। खेलाडीलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

    तस्बिर : राजेश कार्की