


काठमाडौ, २१ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले उपसभापति डा.स्वर्णिम वाग्लेलाई आगामी वर्षको बजेट लेख्न सुरु गर्न निर्देशन दिएका छन् ।
पार्टी समायोजन सभालाई सम्बोधन गर्दै उनले भने, ‘रास्वपाको उत्साह देखेर पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेलाई म भन्छु- डा’साप आगामी बर्षको बजेट लेख्न सुरु गर्नुस् ।’