तनहुँका नेताहरू नेपाली कांग्रेस विशेष महाधिवेशनको पक्षमा खुल्न थाले
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका नेताहरू नेपाली कांग्रेस विशेष महाधिवेशनको पक्षमा खुल्न थाले

    खबरपुञ्ज संवाददाता

    २० पुष २०८२, सोमबार

    दमौली, २१ पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले पुस २८ गते आव्हान गरेको विशेष महाधिवेशनको समर्थनमा तनहुँका नेताहरू सक्रिय देखिएका छन्।

    महाधिवेशन प्रतिनिधि मोहनकुमार श्रेष्ठ र क्षेत्रीय सभापति चुडामणि खनाल पहिलेदेखि नै विशेष महाधिवेशनको पक्षमा रहेका छन्। महाधिवेशन प्रतिनिधि श्रेष्ठका अनुसार पार्टीभित्र आन्तरिक सुधार र नेतृत्व सुदृढीकरणको लागि यो कदम आवश्यक रहेको छ।

    त्यस्तै, नेतृ चिनु पोखरेल, व्यास नगर सभापति सूर्यचन्द्र हड्खले, सचिव सुरेश पुरी, नेता हरि खनाल, नेविसंघ अध्यक्ष आशिष कैनी, युवा नेता गौरव पन्थ र सुनिल मिश्र पनि विशेष महाधिवेशनको समर्थनमा खुलेका छन्।