कास्कीमा आमाको नामबाट तीन जनालाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    कास्कीमा आमाको नामबाट तीन जनालाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण

    खबरपुञ्ज संवाददाता

    २१ पुष २०८२, मंगलवार

    पोखरा, २२ पुस । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–८ की स्थायी बासिन्दा निरुता नेपालीका सन्तानलाई आमाको नामबाट नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएको छ।

    सोमबार निरुता नेपालीका दुई छोरा सुजन नेपाली, दिनेश नेपाली र एक छोरी सुस्मिता नेपालीलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट आमाको नाममा नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो।

    अन्नपूर्ण गाउँपालिकामा गत मंसिर १२ गते सञ्चालन भएको स्थानीय तहमा शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाहसम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रममा निरुता नेपालीले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासमक्ष आफ्ना सन्तानको जन्मदर्ता प्रमाणपत्र नपाएको र नागरिकता प्राप्तिमा समस्या भइरहेको विषय उठान गरेकी थिइन्।

    उक्त विषय उठेपछि जिल्ला प्रशासन कार्यालयको सहजीकरण तथा सम्बन्धित स्थानीय तहसँगको समन्वयमा सन्तानहरूको जन्मदर्ता प्रक्रिया पूरा गरी आमाको नामबाट नागरिकता प्रमाणपत्र प्रदान गरिएको हो।

    निरुता नेपालीको विक्रम राईसँग सम्बन्ध कायम भई सन्तान जन्मिएको भए पनि विक्रम राई श्रीमती र चार सन्तानलाई छाडेर वेपत्ता भएपछि बाबुको पहिचान खुल्ने कुनै कागजात तथा प्रमाण पेश हुन नसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। आवश्यक प्रमाण र तथ्यहरू संकलन तथा बुझबुझारथपछि आज आमाको नामबाट नागरिकताको प्रमाणपत्र वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

    स्थानीय प्रशासनको सक्रियता र समन्वयबाट लामो समयदेखि रहेको समस्या समाधान भएकोमा लाभग्राही परिवारले राहत महसुस गरेको जनाइएको छ।