


दमौली, २२ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी व्यास नगरपालिका–३ को सभापतिमा रामबहादुर गुइदेल निर्वाचित भएका छन् ।
मंगलबार भएको वडा अधिवेशनबाट उपसभापतिमा सुनित शर्मा पराजुली, सचिवमा किस्मत कुमार श्रेष्ठ निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरूमा जोहरदिन मिया, रामकुमार श्रेष्ठ, बिर्खबहादुर नेपाली र अमृत कुमार श्रेष्ठ चयन भएका छन् ।
