टक्रेली फाउन्डेसनद्वारा मदर्सा प्राविका विद्यार्थीलाई न्यानो जुत्ता–मोजा वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    टक्रेली फाउन्डेसनद्वारा मदर्सा प्राविका विद्यार्थीलाई न्यानो जुत्ता–मोजा वितरण

    खबरपुञ्ज संवाददाता

    २१ पुष २०८२, मंगलवार

    दमौली, २२ पुस । साबिकको सतिस्वारा–५ तनहुँ, हाल भानु नगरपालिका–१३ बन्कटा तनहुँबाट देश तथा विदेशमा फैलिएका, करिब २०० वर्षको लिखित इतिहास बोकेको टक्रेली खान्दानको नाममा स्थापितवटक्रेली फाउन्डेसनले सामाजिक उत्तरदायित्वअन्तर्गत न्यानो सामग्री वितरण गरेको छ।

    फाउन्डेसनले मंगलबार व्यास नगरपालिका–४ दमौलीस्थित मदर्सा प्राथमिक विद्यालयमा अध्ययनरत ४२ जना विद्यार्थीलाई आवश्यकता अनुसार न्यानो जुत्ता र मोजा वितरण गरेको हो।

    जाडो मौसमका कारण विद्यार्थीहरूको स्वास्थ्य र नियमित पठनपाठनमा सहयोग पुग्ने उद्देश्यले उक्त सामग्री वितरण गरिएको फाउन्डेसनका अध्यक्ष काजी असुरदिन मियाले जानकारी दिए ।

    टक्रेली फाउन्डेसनले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा निरन्तर योगदान गर्ने प्रतिबद्धता जनाएको छ।