विशेष महाधिवेशनको पक्षमा तनहुँका २६ महाधिवेशन प्रतिनिधि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    विशेष महाधिवेशनको पक्षमा तनहुँका २६ महाधिवेशन प्रतिनिधि

    खबरपुञ्ज संवाददाता

    २१ पुष २०८२, मंगलवार

    दमाैली, २२ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशन आह्वानको पक्षमा तनहुँ जिल्लाका पार्टी नेता तथा कार्यकर्ताहरू एकबद्ध रूपमा उभिएका छन्। जिल्लाबाट २६ जना महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य र पार्टीका विभिन्न तहमा महत्त्वपूर्ण जिम्मेवारीमा रहेका ३७ जनाले विशेष महाधिवेशनको आह्वानप्रति साझा भावना व्यक्त गरेका छन् ।

    पार्टीको वर्तमान अवस्था, आन्तरिक संगठन सुदृढीकरण, नीति–कार्यक्रमको समीक्षा तथा भावी राजनीतिक रणनीति तय गर्न विशेष महाधिवेशन आवश्यक भएको उनीहरूको निष्कर्ष छ। लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउँदै पार्टीलाई जनमुखी, समावेशी र सशक्त बनाउने उद्देश्यले विशेष महाधिवेशन अपरिहार्य रहेको उनीहरूले बताएका छन्।

    नेताहरूले पार्टीभित्र देखिएका असन्तुष्टि, संगठनात्मक कमजोरी र समयानुकूल सुधारका विषयहरू विशेष महाधिवेशनमार्फत छलफल गरी समाधान गर्न सकिने विश्वास व्यक्त गरेका छन्।