डुम्रेमा सवारी दुर्घटना, पैदलयात्री गम्भीर घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    डुम्रेमा सवारी दुर्घटना, पैदलयात्री गम्भीर घाइते

    खबरपुञ्ज संवाददाता

    २१ पुष २०८२, मंगलवार

    दमौली, २२ पुस । तनहुँको बन्दीपुर गाउँपालिका–४ ठुलोढुंगा स्थित पृथ्वी राजमार्गमा सवारी दुर्घटना हुँदा एक पैदलयात्री गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मंगलबार सॉझ नम्बर नखुलेको सवारी साधनले पैदलयात्रीलाई ठक्कर दिएको हो।

    दुर्घटनामा भारतको रडिया थाना, गोडिजग पूर्वी चाम्पा रोड घर भई हाल बन्दीपुर गाउँपालिका–४ सानो डुम्रेमा बसोबास गर्दै आएका वर्ष ५५ का कुल देव साह घाइते भएका छन्। घाइते साहलाई उपचारका लागि तत्काल मोती अस्पताल डुम्रे पुर्‍याइएको थियो। त्यहाँ सामान्य उपचारपछि अवस्था गम्भीर देखिएपछि थप उपचारका लागि चितवनको सीएमसी अस्पताल भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार घाइतेको टाउकोमा गम्भीर चोट लागेको छ र हाल उनी बोल्न नसक्ने अवस्थामा रहेका छन्।

    यसैबीच, राति ८:३० बजेको समयमा ग १६ प १६५३ नम्बरको मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा लिइएका चालक बन्दीपुर गाउँपालिका–१ किहुँ घर भई हाल बसोबास गर्दै आएका वर्ष २४ का सोमबहादुर आले रहेका छन्।

    घटनाबारे थप अनुसन्धान भइरहेको र कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।