तनहुँमा मेसिनले च्यापिँदा कामदारको मृत्यु, टिपर र एक्साभेटर चालक प्रहरी नियन्त्रणमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    तनहुँमा मेसिनले च्यापिँदा कामदारको मृत्यु, टिपर र एक्साभेटर चालक प्रहरी नियन्त्रणमा

    खबरपुञ्ज संवाददाता

    २१ पुष २०८२, मंगलवार

    दमौली, २२ पुस । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित ड्याम साइड क्षेत्रमा रहेको कालिका कन्स्ट्रक्सनमा काम गर्ने एक कामदारको मेसिनले च्यापिँदा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मंगलबार साँझ दुर्घटना भएको हो।

    दुर्घटनामा व्यास नगरपालिका–५ निवासी वर्ष २५ का महेन्द्र थापा घाइते भएका थिए। निर्माण कार्यका क्रममा गिट्टी संकलन गरिरहेको अवस्थामा कम्पनीको एक्स ०६६ नम्बरको एक्साभेटर र बा.प्र.०६–००१ क ०२५१ नम्बरको टिपर अचानक ब्याक हुँदा थापा मेसिनको बीचमा च्यापिन पुगेका थिए।

    घाइते थापालाई उपचारका लागि तत्काल रत्नहरी अस्पताल दमौली ल्याइएको थियो। तर उपचारकै क्रममा सोही दिन साँझ करिब २०:३५ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए ।

    घटनापछि टिपर चालक चितवनको राप्ती नगरपालिका–२ निवासी वर्ष ३३ का जीवनकुमार गोले र एक्साभेटर चालक जिल्ला बर्दिया बारबर्दिया नगरपालिका–८ निवासी वर्ष २२ का विशाल थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    मृतकको शव हाल प्रदेश अस्पताल दमौलीको शवगृहमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।