नेपाली कांग्रेसले गण्डकीबाट तनहुँका जगत तिमिल्सिनालाई राष्ट्रिय सभा सदस्य उम्मेदवार बनायो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    नेपाली कांग्रेसले गण्डकीबाट तनहुँका जगत तिमिल्सिनालाई राष्ट्रिय सभा सदस्य उम्मेदवार बनायो

    खबरपुञ्ज संवाददाता

    २२ पुष २०८२, बुधबार

    दमौली, २३ पुस । नेपाली कांग्रेसले गण्डकी प्रदेशतर्फको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि तनहुँ जिल्लाका जगत तिमिल्सिनालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार तिमिल्सिनालाई राष्ट्रिय सभाको उम्मेदवारका रूपमा अघि सारिएको हो।

    तिमिल्सिना हाल प्रजातन्त्रवादी प्राध्यापक संघका केन्द्रीय अध्यक्ष हुन्। लामो समयदेखि प्राध्यापन पेशामा संलग्न रहँदै आएका उनी शैक्षिक क्षेत्रसँगै लोकतान्त्रिक मूल्य, मान्यता र कांग्रेसको विचारधारालाई मजबुत बनाउन सक्रिय भूमिका खेल्दै आएका व्यक्तित्वका रूपमा परिचित छन्।