तनहुँ–२ मा रास्वपाबाट शंकर पन्तको आकांक्षा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ–२ मा रास्वपाबाट शंकर पन्तको आकांक्षा

    खबरपुञ्ज संवाददाता

    २२ पुष २०८२, बुधबार

    दमौली, २३ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट तनहुँ क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य उम्मेदवारमा शङ्कर पन्तले आका‌क्षा व्यक्त गरेका छन् । पार्टीभित्र सुरुवातदेखि नै सक्रिय रूपमा आबद्ध पन्त हाल रास्वपाको गण्डकी प्रदेश प्रवक्ताको जिम्मेवारीमा रहेका छन् ।

    पन्त सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै विभिन्न सामाजिक अभियान, जनहितका कार्यक्रम र स्थानीय समस्याको समाधानमा योगदान दिँदै आएका छन्। साथै उनी गीत–संगीत क्षेत्रमा समेत आबद्ध छन् ।

    पार्टी निर्माणदेखि नै निरन्तर सक्रिय रहँदै संगठन विस्तार, नीति प्रवर्द्धन र जनसम्पर्कमा भूमिका खेलेका पन्तले तनहुँ–२ को भूगोल, सामाजिक संरचना र स्थानीय आवश्यकता राम्रोसँग बुझेकाले आफ्नाे दावेदारी रहेकाे बताए ।

    पन्तले राजनीतिमा नयाँ सोच, पारदर्शिता र उत्तरदायित्व स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएकाे बताए ।