


दमौली, २३ पुस । तनहुँ उद्योग वाणिज्य संघ अन्तर्गत दमौली बजार इकाईको उपसभापतिमा नारायण मल्ल र कोषाध्यक्षमा युवराज भण्डारी सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।
निर्वाचन प्रक्रियाअनुसार उपसभापतिका लागि उम्मेदवारी दिएका ठाकुरप्रसाद पौडेल र विकल्प श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि नारायण मल्ल निर्विरोध निर्वाचित भएका हुन्। त्यस्तै, कोषाध्यक्ष पदका उम्मेदवार राजेन मियाले उम्मेदवारी फिर्ता लिएसँगै युवराज भण्डारी कोषाध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन्।
व्यवसायीबीच सहमति र सहकार्यको वातावरण कायम गर्दै नेतृत्व चयन हुनु सकारात्मक संकेत भएको संघका पदाधिकारीहरूले बताएका छन्।
