नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ गण्डकी प्रदेशको नेतृत्व चयन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ गण्डकी प्रदेशको नेतृत्व चयन

    खबरपुञ्ज संवाददाता

    २५ पुष २०८२, शनिबार

    दमौली, २६ पुस । नेपाल पुस्तक तथा स्टेसनरी व्यावसायी महासङ्घ गण्डकी प्रदेशको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ। दमाैलीमा शनिबार सम्पन्न अधिवेशनबाट प्रदिप खनाल महासङ्घको गण्डकी प्रदेश अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन् ।

    त्यसैगरी वरिष्ठ उपाध्यक्षमा ठाकुर प्रसाद शर्मा, उपाध्यक्षमा रामचन्द्र सापकोटा, सचिवमा सुरेन्द्र बास्तोला, कोषाध्यक्षमा भागवत अर्याल, सह–सचिवमा रमेश पौडेल तथा लेखा संयोजकमा चुडामणी लुईटेल निर्वाचित भएका छन् ।

    नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूले व्यवसायीहरूको हकहित संरक्षण, पुस्तक तथा स्टेसनरी व्यवसायको प्रवर्द्धन, व्यवसायिक मर्यादा कायम गर्ने तथा गण्डकी प्रदेशभर यस क्षेत्रको सुदृढीकरणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।