तनहुँवासीको माया र साथ कहिल्यै भुल्न सक्दिन : पल शाह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँवासीको माया र साथ कहिल्यै भुल्न सक्दिन : पल शाह

    खबरपुञ्ज संवाददाता

    २६ पुष २०८२, आईतवार

    दमौली, २७ पुस । चर्चित अभिनेता पल शाहले तनहुँसँग आफ्नो गहिरो भावनात्मक सम्बन्ध रहेको बताउँदै “तनहुँको नून खाएको छु” भन्दै मञ्चबाटै ढोग प्रकट गरेका छन्।

    दमौलीमा जारी छैटौँ आदिवासी जनजाति सांस्कृतिक महोत्सवको अवसरमा आइतबार उनले तनहुँवासीप्रति कृतज्ञता व्यक्त गर्दै यहाँको माया र साथ आफूले कहिल्यै नबिर्सने बताएका हुन्।

    महोत्सवको सांस्कृतिक कार्यक्रममा सम्बोधन गर्दै अभिनेता शाहले तनहुँले आफ्नो जीवनको कठिन समयमा दिएको साथ र सहयोगलाई स्मरण गरे। “जीवनका उतार–चढावका बीच तनहुँले दिएको माया, विश्वास र साथले मलाई अघि बढ्ने हिम्मत दिएको छ,” उनले भने, “यहाँको नून खाएको छु, त्यसैले तनहुँ सधैं मेरो मनमा रहनेछ।”

    उनले आदिवासी जनजाति समुदायको कला, संस्कृति र पहिचान संरक्षणमा यस्ता महोत्सवको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै आयोजक समितिलाई धन्यवादसमेत व्यक्त गरे।

    तनहुँवासी दर्शकहरूले पल शाहको अभिव्यक्तिलाई आत्मीय रूपमा ग्रहण गर्दै ताली र नारासहित स्वागत गरेका थिए।